रुपन्देहीको निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ६ घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच झडप हुँदा गोली चलेको छ । गोली चल्दा सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् ।

रुपन्देहीको निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ६ घाइते

निर्माणाधीन औद्योगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरुलाई हटाउने क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा गोली चलेको बताइएको छ । आइतबार बिहानैदेखि जिल्ला प्रशासनले औधोगिक क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाएको थियो । रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सत्यनारायण थापाले दिउँसो साढे १ बजेतिर कब्जा गरेको जग्गाबाट व्यक्तिहरु हटाउने क्रममा गोली चलेको बताए ।

स्थानीय बासिन्दाहरुले दुवैतर्फबाट गोली चलेको दावी गरेका छन् । डिएसपी थापाले भने सुरक्षाकर्मीसहित अरु पनि घाइते भएकाले घटनाबारे थप अनुसन्धान गरेको बताएका छन् ।

रुपन्देही प्रशासनले त्यस क्षेत्रमा भएको जग्गा कब्जा हटाउन आइतबार बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरेको थियो ।

साथै २०७३ मा ८१३ बिगा क्षेत्रफल जग्गामा मोतीपुर औधोगिक क्षेत्रको नाममा पुर्जासमेत बनेको छ । पछिल्लो समय बुटवल क्षेत्रमा पर्ने करिब २०० बिघा क्षेत्रफल कब्जा गर्दै ४०० घरटहरा निर्माण गरिएका छन्। कब्जा गरिएको जग्गा हटाउन भदौ २९ देखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

एक दिनअघि मात्रै नेकपा एमालेका नेता विष्णु पौडेलले गृहजिल्ला रुपन्देही पुगेर निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण हुँदा सरकार रमिते भएको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘मोतीपुर औद्योगिक क्षेत्रको काम जुन लक्ष्य र उद्देश्यबाट अगाडि बढाइएको हो त्यसअनुसार नभए त्यसमा उद्योगीहरुले नै पहलकदमी लिनुपर्छ ।’

अघिल्लो सरकारका योजनामा कैंची लगाइयो: विष्णु पौडेल

प्रकाशित : आश्विन २४, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?