३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हमालको राजीनामा जनताकै भावना अनुसार : नारायणकाजी श्रेष्ठ

सन्तोष सिंह

धनुषा — नेकपा माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले जनताका भावना विपरित मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका छन् । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको उनले बताए ।

हमालको राजीनामा जनताकै भावना अनुसार : नारायणकाजी श्रेष्ठ

जनकपुर विमानस्थलमा कान्तिपुरसित नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भएपनि जनताको ‘म्यान्डेट’ अनुसार राजनीनामा गर्ने अवस्था आएको बताए ।

'राजीनामा दिने गरी मन्त्री किन बनाइयो जनताले प्रश्‍न गर्नेछन्,' नेता श्रेष्ठले भने, 'संविधानमा रहेको प्रावधान अनुसार गैर सांसदलाई मन्त्री बनाइयो । तर प्रावधानको औचित्य पुष्टि गर्न सक्नुपर्थ्यो ।'

गठबन्धनको आन्तरिक समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको उनले बताए । सर्लाहीको लालबान्दीमा वाईसीएलले आयोजना गरेको कार्यक्रमा सहभागी हुन नेता श्रेष्ठ आएका हुन् ।

प्रकाशित : आश्विन २४, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?