पर्साका सांसद्‍लाई मन्त्री नबनाएकोमा जसपा अध्यक्ष यादवविरुद्ध कार्यकर्ता सडकमा

कान्तिपुर संवाददाता

पर्सा — पर्साका सांसद् प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताले पार्टी अध्यक्ष उपेन्द्र यादवको विरोधमा पुत्ला जलाएका छन् ।

पर्साका सांसद्‍लाई मन्त्री नबनाएकोमा जसपा अध्यक्ष यादवविरुद्ध कार्यकर्ता सडकमा

'उपेन्द्र यादवलाई पर्सामा निषेध', 'पर्सावासीलाई ठग्न पाइँदैन' जस्ता प्लेकार्ड बोकेर जसपाका कार्यकर्ताहरुले शनिबार वीरगन्जको घन्टाघरमा विरोध प्रदर्शन गरेका थिए ।

पर्सा क्षेत्र नम्बर १ का निर्वाचित् सांसद यादवको नाममा मन्त्री सिफारिस नगरेकाले आक्रोशित कार्यकर्ताले शुक्रबार साँझ पनि पार्टी अध्यक्षको पुत्ला जलाएका थिए ।

मधेस आन्दोलनको केन्द्रविन्दु मानिएको पर्सालाई यसअघि जसपाले प्रादेशिक राजधानी बनाउने र अहिले मन्त्री बनाउने क्रममा पन्छाएको भन्दै कार्यकर्ताले अध्यक्षको विरोध गरेको जनाएका छन् ।

प्रकाशित : आश्विन २३, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?