कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा नेपालमा ६३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ६३६ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

२४ घण्टामा नेपालमा ६३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु

यस्तै ५ हजार ८६३ एन्टिजेन परीक्षणमा १२४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ३१ परीक्षणमा ७६० संक्रमित भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १ हजार ६३३ पुगेको छ ।

२४ घण्टामा थप ८९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख ७९ हजार ७०१ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १५ हजार ३४० छ ।

२४ घण्टामा खोप लगाएकाको संख्या ९० हजार ९९३ रहेको छ ।

प्रकाशित : आश्विन २३, २०७८ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?