कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

वसन्तप्रताप सिंह

बझाङ — नेपाली कांग्रेसको बझाङ जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् ।  निकटतम प्रतिद्वन्द्वी रमेशबहादुर भण्डारीलाई पराजित गर्दै बोहरा सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित बोहराले ८ सय ७७ प्राप्त गर्दा भण्डारीले ५ सय ८ मत पाए ।

कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

बझाङका कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री नरेशबहादुर सिंह र पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहले भण्डारीलाई समर्थन गरेका थिए भने बोहरालाई पूर्व राज्यमन्त्री अर्जुनजंगबहादुर सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू सत्यराज भण्डारी, सुरेश मल्ल, सांसद प्रकाश स्नेही रसाइली र संविधानसभा सदस्य चन्द्रा जोशीको साथ थियो ।

देउवा समूहकै दुई जना सभापतिका उम्मेदवार भएपछि बझाङ कांग्रेसमा नेतृत्व चयन रोमाञ्चक बनेको थियो । निर्वाचनमा कूल १ हजार ५ सय ९८ मतदातामध्ये १ हजार ४ सय ५ मत खसेको थियो ।

प्रकाशित : आश्विन २३, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?