प्रधानमन्त्री देउवा पुगे शीतल निवास

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् ।

प्रधानमन्त्री देउवा पुगे शीतल निवास

देउवाको सचिवालयले मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि देउवा शीतल निवास गएको जनाएको छ । बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : आश्विन २२, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?