कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कपिलवस्तुमा झाडापखालाको प्रकोप देखिएपछि ५० हजार क्लोरिन ट्याबलेट पठाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रकोपको रुपमा झाडापखला फैलिएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक औषधि तथा जनशक्ति पठाएको छ ।

कपिलवस्तुमा झाडापखालाको प्रकोप देखिएपछि ५० हजार क्लोरिन ट्याबलेट पठाइयो

ईडिसिडीका अनुसार ५० हजार क्लोरिन ट्याबलेट कृष्णनगर पुर्‍याइसकिएको छ । क्लोरिन पानी शुद्ध बनाउन प्रयोग गरिन्छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कपिलवस्तु महामारीमा आवश्यक सामाग्रीसहित चिकित्सक टोली तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि बिहीबार बिहानै परिचालित गरिएको बताए । उनले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरु ईडिसिडीसँग निरन्तर सम्पर्कमा रहेको जानकारी गराए ।

३५ बेडको अस्पतालमा ३०५ बिरामी : घरबाटै खाट लगेर उपचार

ईपिडिमियोलोजिस्ट डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र विश्व स्वास्थ्य संगठनबाट डा. रविन गौतम प्रभावित स्थलमा गएका छन् । ‘हामी जिल्ला र प्रदेश सबैसँग समन्वय र सम्पर्कमा छौं र ईडिसिडी हाइ अलर्टमामा रहेको छ ,’ निर्देशक पौडेलले भने ।

असोज १८ देखि कृष्णनगर नगरपालिका वडा नं ३, ४,७,८,९ र १२ मा झाडापखाला तथा बान्ताका बिरामीहरु देखिएका छन् । उनीहरुको हाल शिवराज अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बिहान ९ बजसेम्म प्राप्त जानकारी अनुसार ३७० जना बिरामी भर्ना गरी उपचाररत रहेकोमा ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ ।

प्रकाशित : आश्विन २१, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?