२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एसमा प्रवेश 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सुदूरपश्चिम नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एसमा प्रवेश 

बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि हुन् । तत्कालीन नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जोशीलाई सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोनीत गरेको थियो । अर्का अध्यक्ष केपी शर्मा ओली समूहबीच विवाद बढेपछि दाहाल-नेपाल समूहले जोशीलाई अध्यक्षमा मनोनीत गरेको थियो ।

जोशीले बिहीबार नै नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएको जानकारी दिए । उनलाई नेकपा एसमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाडेको जोशीले बताएका छन् ।

जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले यसअघि वनमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन् ।

बिहीबार नेकपा एसले आफ्नो भागमा परेको मन्त्रालयमा कसलाई पठाउने भन्नेबारेमा निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

-यसअघि समाचारको शीर्षकमा 'नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी' हुन गएकोमा भूलसुधारसहित सच्याइएको छ । - सम्पादक

प्रकाशित : आश्विन २१, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?