कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित

राजबहादुर शाही

मुगु — नेपाली कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी संस्थापन इतर पक्षका खड्गबहादुर शाहीलाई ५६ मत अन्तरले हराउँदै ऐनबहादुर सभापति पदमा निर्वाचित भएका हुन् । उनले ४ सय ६ मत प्राप्त गरे । 

कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित

सभापतिसहित जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान भएको छ । भदौ १८ गते मतदान गरेर २१ गते मत गणना कार्य सम्पन्न गरिएको निर्वाचन अधिकृत नरेन्द्रबहादुर सिंहले बताए ।

सभापति पदका लागि कूल मत संख्या ७ सय ७२ मध्ये ७ सय ५६ मत सदर भएको र १६ मत बदर भएको थियो ।

जिल्लामा संस्थापन देउवा पक्षले सभापतिसहित २ जना सचिव, १ उपसभापति, १ सह-सचिवसहित १७ जना महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा बहुमत सदस्य विजयी भए । संस्थापन इतर पक्षमा १ उपसभापति, १ सहसचिव, ७ जना महाधिवेशन प्रतिनिधि विजयी भए ।

संगठन सुदृढीकरण र आउँदो स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई जिताउन जोड दिने नव निर्वाचित पार्टी सभापति शाहीले बताए ।

प्रकाशित : आश्विन २१, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?