१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

न्याय खोज्‍न २० दिन हिँडेर काठमाडौंमा [तस्बिरहरु] 

काठमाडौँ — बाँकेका ११ महिलासहित १४ जना भने न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन् । कलंकीमा बुधबार साँझ भेटिँदा उनीहरू सबैका पैतालामा फोका उठेका थिए । थकित र गलित अवस्थामा भेटिएका उनीहरु सिंहदरबारले न्याय देला र सबै दु:ख भुलेर गाउँ फर्किन सकिएला भन्ने आशामा थिए । उनीहरुले दुईवटा घटनालाई मुख्य रूपमा उठाएका छन् ।

न्याय खोज्‍न २० दिन हिँडेर काठमाडौंमा [तस्बिरहरु] 
न्याय खोज्‍न २० दिन हिँडेर काठमाडौंमा [तस्बिरहरु] 

बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनीति नभएको । यही दुईवटा विषय सुनाउन उनीहरु केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेका हुन् ।पैदल यात्राको २० दिन उनीहरुले मुख्य राजमार्ग छेउछाउका टहरा, गोठ र सामुदायिक भवनमा गोडा बिसाए । यात्रामा सामेल राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य रुबी खानले धेरैजसो रात आफूहरुले हिँडेरै बिताएको बताइन् ।

न्याय खोज्‍न २० दिन हिँडेर काठमाडौंमा [तस्बिरहरु] 

न्याय खोज्‍न २० दिन हिँडेर काठमाडौंमा [तस्बिरहरु] 

न्याय खोज्‍न २० दिन हिँडेर काठमाडौंमा [तस्बिरहरु] 

प्रकाशित : आश्विन २०, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?