कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत 

पक्षमा ७७, विपक्षमा २३ मत
सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन् । राउतको पक्षमा ७७ र विपक्षमा २३ जनाले मत दिए । बुधबारको प्रदेशसभा बैठकमा सय जना उपस्थित थिए ।

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत 

मुख्यमन्त्री राउतले प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभाको कार्य संचालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेश सांसदले मत दिएका थिए ।

प्रदेश २ मा १ सय ४ जना प्रदेश सांसद छन् । जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेकपा (एस) को १३, नेपाल संघीय समाजवादी पार्टीका १ र १ जना स्वातन्त्र सांसदको सरकारलाई समर्थन छ । लोसपाका १६ जनामध्ये १५ जना, एमालेका ८ जना गरी २३ जना विपक्षमा मत दिएका थिए ।

लोसपाका प्रदेश सांसद डिम्पल झा उपचारका लागि भारतमा छिन् ।

प्रकाशित : आश्विन २०, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?