१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एमाले सक्छु भन्‍नु पहरामा कुहिनो ठोक्नु हो: शंकर पोखरेल

केदार शिवाकोटी

दोलखा — नेकपा एमाले नेता शंकर पोखरेलले नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशप्रति घात गरेको आरोप लगाएका छन् । चरिकोटमा बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

एमाले सक्छु भन्‍नु पहरामा कुहिनो ठोक्नु हो: शंकर पोखरेल

माधव नेपाल कम्युनिस्ट आन्दोलन सक्ने बाटोमा लागेर एमाले छाडेको उनको आरोप थियो । ‘उहाँ सक्छु भनेर लाग्नु भएको छ । एमाले सक्नु भनेको पहरामा कुहिनो ठोक्नु हो । उहाँलाई थाहा छ,’ नेता पोखरेलले भने । नेपाललाई देश र जनताप्रति घात गरेर पार्टी छोडेर बाहिरिएको आरोपसमेत उनले लगाएका थिए ।

नेता नेपल र प्रचण्ड कम्युनिस्ट आन्दोलन सक्न कांग्रेसको पछि लागेको पनि उनको आरोप थियो । पोखरेलले भनेका छन्, ‘नेपाली कांग्रेस निराश बनेको थियो, माधव र प्रचण्डले आशा जगाइरहेका छन्,’ उनले भने ‘कम्युनिस्टको जनमतलाई घात गर्ने नेतालाई जनताले माफ दिने छैनन् ।’ देश बर्बादीतर्फ गएको जिम्मा नेपाल र प्रचण्डले लिनुपर्ने उनको जिकिर थियो । तर नेकपा एमाले भने विधान महाधिवेशनबाट थप बलियो बनेर आएको नेता पोखरेलले दाबी गरेका छन् ।

प्रकाशित : आश्विन २०, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?