रामेछाप कांग्रेस महाधिवेशनमा मतगणना रोकियो

टीकाप्रसाद भट्ट

रामेछाप — महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मतपत्र भेटिएपछि रामेछाप कांग्रेसको जारी मतगणना रोकिएको छ । महाधिवेशन प्रनिनिधिको मतगणना गर्दा जिल्ला समितिका उपसभापति लगायत पदाधिकारीका लागि गरिएको मतपत्रसमेत भेटिएपछि मतगणनाको क्रममा विवाद उत्पन्न भएको हो ।

रामेछाप कांग्रेस महाधिवेशनमा मतगणना रोकियो

उपाध्यक्षका उम्मेदवार नवराज थोकरका अनुसार पदाधिकारीका ४९ मतपत्र महाधिवेशन प्रनिनिधिको मतपेटिकामा भेटिएकाले उक्त मतको गणना गर्ने कि नगर्ने भन्ने सम्बन्धमा विवाद भएको हो ।

फरक मतपेटिकामा भेटिएका मतको टुंगो नलाग्दासम्म मतगणना हुन नसक्ने अडान एक पक्षले गरेपछि जिल्ला निर्वाचन समितिले उक्त विषयको टुंगो दिन सकेको छैन । समितिले यसबारे निर्णय दिन केन्द्रीय निर्वाचन समितिलाई नै आग्रह गरेको छ ।

केन्द्रीय निर्वाचन समितिको निर्णय आएपछि मतपत्र गणना गर्ने वा नयाँ प्रक्रिया सुरु गर्ने निचोडमा पुग्ने योजना रहेको मतदान अधिकृत अर्जुनबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यसअघि एक पदका लागि तोकिएको मतपेटिकाभन्दा फरक पदको मतपत्र भेटिएमा त्यस्ता मतपत्रहरु गणना नगर्ने आचार संहिता बनाएको थियो ।

प्रकाशित : आश्विन २०, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?