कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त  गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । ‘ भिष्मराज ढुंगानालाई बर्खास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय भएको छैन ।’

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई चार वर्षका लागि सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो ।


प्रकाशित : आश्विन १९, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?