चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खन गल्लीमा अनुगमन गरेको हो ।

चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र

बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्यू रोड र मख्खन गल्लीमा ७ वटाभन्दा धेरै पसलहरूमा अनुगमन गरेको बताए ।

उनले पसलहरुले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए । अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको बताए । उनले तीनजनालाई तत्काल जरिवाना गरेको र अन्य तीनजनालाई विभागमा बोलाएको बताए । उनले पसलमा मुख्य व्यापारी नभएकोले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताए ।

निरीक्षण अधिकृत झाले भने, ‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौं, आज न्यूरोड र मख्खनगढीमा हाम्रो टोलीले अनुगमन गरेको छ, त्यहाँका ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेका छौं, त्यसमध्ये ३ वटालाई तत्काल कारबाही गरेका छौं भने बाँकी तीन वटालाई विभागमा बोलाएका छौं ।’

चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको विभागले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?