कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्वराजदूत पौड्याल र मास्के पनि मा‌ओवादी विदेश विभागमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रले सुरेन्द्र कार्कीको अध्यक्षमा ३१ सदस्यीय विदेश मामिला विभागको गठन प्रस्ताव गरेको छ । विभागमा पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल, डा. महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरु प्रस्तावित सदस्य रहेका छन् ।

पूर्वराजदूत पौड्याल र मास्के पनि मा‌ओवादी विदेश विभागमा 

पूर्व राजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंहसहितका कूटनीतिज्ञ पनि रहेका छन् । पूर्व मुख्य सचिव पौड्याललाई २०७६ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । नेकपाभित्र विवाद चुलिनुको एउटा कारणमा पौड्याललाई दलभित्र छलफलबिना फिर्ता गरेको विषय पनि रहेको थियो ।

केही समयअघि मुख्य सचिव पौडेलले माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई प्रशिक्षण दिइरहेको भिडियो सार्वजनिक भएको थियो । विभागको उपप्रमुखमा सुरेश आले मगर प्रस्तावित छन् ।

सदस्यहरुमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ प्रस्तावित छन् ।

प्रकाशित : आश्विन १९, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?