१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ 

विनोद भण्डारी

विराटनगर — ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपी सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै सुन तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई दोषी ठहर गरेको छ ।

३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ 

तर,सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारीहरूलाई न्यायाधीश भरत लम्सालको इजलासले सफाइ दिएको हो ।

गृह मन्त्रालयका तत्कालीन सह-सचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिको सिफारिसको आधारमा समेत प्रहरी र कतिपय भरियालाई पक्राउ गरी अनुसन्धानको दायारलाई ल्याइएको थियो ।

सुन तस्करीमा सघाएको र अपराधि भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यलाई प्रतिवादी बनाइएको थियो । उनीहरुमध्ये खत्री र राउतबाहेक अरु उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुटेका थिए । तर,मंगलबारको फैसलासँगै सबै प्रहरी अधिकृतले सबैले सफाइ पाएका हुन् ।

यसैबीच मुख्य आरोपी उप्रेतीकी श्रीमति निरू भनिने नर्बदा खरेलले पनि सफाइ पाएकी छन् ।

यो पनि पढ्नुहोस्ः

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद

प्रकाशित : आश्विन १९, २०७८ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?