२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ठगी आरोपमा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ । उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६  करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ । ठगी तथा निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सीआइबीले सोमबार साँझ पक्राउ गरेको हो ।

ठगी आरोपमा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ 

सीआइबीका प्रमुख धीरजप्रताप सिंहकाअनुसार ७० जनाले निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेका थिए । सीआइबी हिरासतमा रहेका तामाङले प्रारम्भिक बयानमा आफूले उक्त रकम तिर्ने बताएका छन् । उनी दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसद भएका थिए ।

प्रकाशित : आश्विन १८, २०७८ २३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?