मादी हत्याकाण्डका अभियुक्तलाई थुनामा राख्‍न अदालतको आदेश

आश्विन १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सङ्खुवासभा-सङ्खुवासभाको मादी नगरपालिकामा भएको ६ जनाको हत्यामा संलग्नलाई थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चैनपुरले हत्यामा संलग्न मादी नगरपालिका १ का खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी र एक बालकलाई बाल सुधार गृह बिराटनगर पठाउन अदालतले आदेश दिएको छ । गत भदौ २१ गते बिहान मादी नगरपालिका वडा नं. १ उम्लिङस्थित खोला गाउँमा कार्की परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो ।

घटनामा तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमति कमला, बुहारी रञ्जना कार्की, नाती दिपेन कार्की र नातीनी गोमा कार्कीको विभत्स हत्या भएको थियो ।

कान्तिपुर

Link copied successfully