रुकुम पश्चिममा स्क्रब टाइफसका बिरामी बढे

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिमका विभिन्न गाउँमा स्क्रब टाइफसका बिरामी बढेका छन् । पछिल्लो दुई सातामा मात्रै २४ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्यकर्मीहरुले बताए ।जिल्ला अस्पतालका अनुसार केही दिनदेखि हरेक दिन स्क्रब टाइफसका बिरामी आइरहेका छन् ।

रुकुम पश्चिममा स्क्रब टाइफसका बिरामी बढे

जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले कुनै दिन ३ देखि ४ जनामा स्क्रब टाइफस भेटिने गरेको बताए । जसमध्ये ४ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने अरु डिस्चार्ज भएर घर गएका छन् ।

पछिल्लो समय यस्ता बिरामी बढ्दैगएका छन् । एक महिनाअघि आठबीसकोट नगरपालिकाको स्यालाखदीका केही व्यक्तिमा पहिलोपटक स्क्रब टाइफस पुष्टि भएको थियो । पछिल्लो पटक भने जिल्लाको बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा अलि बढी यसका बिरामी देखिएका छन् ।

अत्याधीक ज्वरो आउने, टाउको दुख्ने, शरीरमा डाबर आउने लगायत स्वास्थ्य समस्या भएका बिरामी धेरै आउन थालेपछि परीक्षण गर्दा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका डा केहलविक्रम जिसीले बताए । डा जिसीका अनुसार कुकुर, बिरालो जस्ता जनावरमा भएका किराले मान्छेलाई टोक्दा यो रोग लाग्ने गर्छ ।

यो रोगबाट बच्न जनावरको सम्पर्कबाट जोगिनुपर्ने चिकित्सकहरुको छ । संक्रमण बढ्दैगए पनि अवस्था नियन्त्रण बाहिर नगएको अस्पतालले जनाएको छ । यसअघि फाट्टफुट्ट स्क्रब टाइफसका बिरामीहरु देखिने गरेकामा यसपटक भने छोटो अवधिमै स्क्रब टाइफसका बिरामी बढेका हुन् । जिल्ला अस्पतालको औषधि सकिएपछि बाहिर बजारबाटसमेत औषधि झिकाएर बिरामीहरुको उपचार भइरहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : आश्विन १८, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?