जापानद्वारा ६ ओटा एम्बुलेन्स सहयोग

आश्विन १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणको परिस्थितिलाई मध्यनजर गर्दै जापानले नेपाललाई ६ ओटा एम्बुलेन्स सहयोग गरेको छ ।

ती एम्बुलेन्स नेपालमा कोरोना भाइरसविरुद्ध लड्नको लागि सहज हुने नेपालस्थित जापानी राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरे । उक्त अवसरमा राजदूत किकुताले भने, ‘नेपाली साथीहरुलाई जापानको तर्फबाट ६ ओटा एम्बुलेन्स उपलब्ध गराउन पाउँदा खुसी लागेको छ ।’

जापान कम्पनी निसानद्वारा निर्मित उक्त एम्बुलेन्सहरु ‘फोरडब्लुडी’ रहेको दूतावासले जनाएको छ । 

कान्तिपुर

Link copied successfully