२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोभिडले बलात्कारका घटना बढ्यो : सांसद हुसेन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादी (एस) पार्टीकी सांसद समिना हुसेनले कोभिडका कारण बलात्कारका घटना बढेको बताएकी छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा सोमबार बोल्दै उनले २ वर्षयता बलात्कारका घटना बढेको बताउँदै यसबारे अध्ययन हुनुपर्ने माग राखेकी छन् ।

कोभिडले बलात्कारका घटना बढ्यो : सांसद हुसेन

समितिमा छलफलका क्रममा उनले भनिन्, 'कोभिड र जलवायु परिवर्तनले दिनदिनै बलात्कारका घटना बढेका छन् । यसबारे अध्ययन गरेर यस्ता घटनालाई कम गर्दै लैजानु पर्छ ।'

उनले तराईमा बलात्कारका घटनाले झन् भयावह रुप लिँदै गएको बताइन् । उनले तराईका खुल्ला सिमानाले बालिकादेखि वृद्धासमेत बलात्कार र हिंसामा परेको बताइन् । उनले भनिन्, ' बलात्कार भइसकेपछि बलात्कारी भाग्ने गरेका छन् । पीडितलाई होइन पीडकलाई पो न्याय दिने काम भइरहेको छ ।'

बलात्कारमा पर्ने परिवार गरिब परिवारका हुने तर बलात्कार गर्नेहरुले पैसा दिएर मुद्दा मिलाउने काम भएको उनको भनाइ थियो । बलात्कारका मुद्दा मिलाउन प्रहरी आफै संलग्न हुने आरोप लगाउँदै उनले भनिन्, 'यस्ता केसमा प्रहरी समेत मिलेका हुन्छन् । कतिपय मुद्दामा चुप लाग्दिन्छन् ।'

यस्तै उनले महिला मात्रै हिंसामा पर्ने होइन पुरुष पनि हिंसा पर्ने गरेको बताइन् ।

प्रकाशित : आश्विन १८, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?