कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाधिवेशनमा तामझामका आलोचकलाई ओलीको जवाफ - 'विरोधीले छाती पिटे'

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा भएको तामझामको आलोचना गर्नेहरूलाई विरोधी भन्दै एमालेविरुद्धको हमला भएको बताएका छन् । 

महाधिवेशनमा तामझामका आलोचकलाई ओलीको जवाफ - 'विरोधीले छाती पिटे'

विधान महाधिवेशन समापन समारोहलाई आइतबार सम्बोधन गर्दै ओलीले भने, 'एमालेको महाधिवेशनमा ब्यानर देखिए, झन्डा देखिए, तामझाम देखियो भनेर छाती पिट्छन् विरोधीहरू ।'

ओलीले त्यसलाई एमाले विरुद्धको हमलाको संज्ञा दिएका छन् । उनले भने, 'यो हाम्रो विरुद्धको हमलाको विभिन्न रुप हो ।' ओलीले एमाले पार्टी व्यक्ति र मूर्ति पूजक नभएको दाबी गरे । उनले भने, 'हामी व्यक्ति, मूर्ति पूजक होइनौं । धर्मान्धतामा विश्वास गर्दैनौं ।'

एमालेका कार्यकर्ताले संगठन र नेतृत्वमा विश्वास गर्ने उनको भनाइ थियो । विधान महाधिवेशनमा ओलीका डमी र तस्बिर जताततै लगाइएको भन्दै आलोचना भएको थियो । पानीको बोतलदेखि सवारी साधनमा समेत ओलीका तस्बिर लगाइएको थियो । जसको एमालेकै कार्यकर्ताहरूले पनि आलोचना गरेका थिए । त्यसलाई ओलीले भने पार्टीविरुद्धको अभिव्यक्तिको संज्ञा दिएका हुन् ।

प्रकाशित : आश्विन १७, २०७८ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?