एमालेले संसद् अवरुद्ध पार्नु संविधानमाथि नै हमला : भुसाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्ष एमालेले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गरिरहेको आरोप लगाएका छन् । महासचिव भुसालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई विषय बनाएर संसद् अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएको तर्क समेत गरे । 

एमालेले संसद् अवरुद्ध पार्नु संविधानमाथि नै हमला : भुसाल

काठमाडौंमा शनिबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सदन अवरुद्ध पार्ने कामले एमाले आफै जनताको माझमा नांगिदै गएको दाबीसमेत गरे । उनले भने,‘यो लोकतन्त्रमाथिको हमला हो । संविधानमाथिको हमला हो । गैरजिम्मेवार र अनैतिक काम हो । जो उहाँहरुले गरिरहनु भएको छ, त्यसले उहाँहरु नांगिनु भएको छ । संविधानमा अदालतमा विचाराधीन विषयमा संसद्‌मा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था छ । एमालेले संविधानको त्यो व्यवस्थाविपरीतका काम गरिरहेको छ ।’

महासचिव भुसालले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताए ।


प्रकाशित : आश्विन १६, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?