१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

२४ घण्टामा नेपालमा ८९८ कोरोना संक्रमित, थप १३ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ११३ पीसीआर परीक्षणमा शुक्रबार थप ८९८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ ।

२४ घण्टामा नेपालमा ८९८ कोरोना संक्रमित, थप १३ जनाको मृत्यु

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार २५५ परीक्षणबाट १६८ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ३६८ परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६६ हजार ६९६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख १५ हजार ४९५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार ११५ छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा खोप लगाएकाको संख्या २ लाख १७ हजार ३९१ रहेको छ ।

मन्त्रालयको तथ्यांक




प्रकाशित : आश्विन १५, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?