२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अदालतको अवहेलनामा मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले अवहेलना मुद्दामा चारजना पूर्वप्रधानन्यायाधीशलाई सफाइ दिने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिने फैसला गरेको हो । 

अदालतको अवहेलनामा मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको कार्य संविधान विपरित भन्दै विज्ञप्ति निकालेका उनीहरूमाथि अधिवक्ताहरू लोचन भट्टराई र धनजीत बस्नेतले गतवर्षको माघ १४ गते सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दिएका थिए।

पूर्वप्रधानन्यायाधीशहरूका कानून व्यवसायी ओम अर्यालले उक्त मुद्दामा सर्वोच्च अदालतले मागदावी नपुग्ने फैसला गरेको जानकारी दिए। सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पनि पूर्वप्रधानन्यायाधीशहरू विरूद्धको मुद्दामा मागदावी नपुग्ने फैसला भएको विवरण उल्लेख गरेको छ।


प्रकाशित : आश्विन १५, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?