कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अब हाम्रो लागि युवा नेताहरूको कमी छैन : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा अब युवा नेताहरूको कमी नहुने बताएका छन् ।

अब हाम्रो लागि युवा नेताहरूको कमी छैन : दाहाल

अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार दाहालले विद्यार्थी नेताहरूको संख्या हेर्दा नेपाली राजनीतिमा युवा नेताहरूको संख्याका लागि दुःख मान्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

विद्यार्थी नेताहरूलाई अब पार्टीको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव बुधबार बसेको स्थायी कमिटी बैठकमा राखेको सुनाउँदै अध्यक्ष दाहालले विद्यार्थीमा नयाँ नेता आउने बताए । 'अब हाम्रो लागि युवा नेताहरूको कमी रहेनछ । विद्यार्थी नेताहरू कम्युनिस्ट पार्टीको नेतृत्वको उत्तराधिकारीको रूपमा तयार भइसक्नुभएको रहेछ,' उनले भने, 'हिजोमात्र स्थायी कमिटीको बैठक थियो । मैले त्यहाँ अब हाम्रो लागि युवा नेताहरूको दुःख रहेनछ, केन्द्रीय समितिका नेताहरू तयार भइसक्नुभएको रहेछ भनेको थिए । मैले केन्द्रीय समितिमा राख्ने प्रस्ताव गरे ।'

विद्यार्थी संगठनबाट पार्टीको मात्रै नभएर मुलुकको राजनीति अगाडि बढाउने पुस्ता तयार भइसकेको दाहालको भनाइ थियो । 'आज यो हलमा तपाईंहरूलाई हेर्दै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको मात्रै होइन नेपाली राजनितिमा उत्तराधिकारी तयार भएको देखे,' उनले भने ।

प्रकाशित : आश्विन १४, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?