२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठक जारी छ । देउवाले संसद्लाई सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

तर, संसदमा निरन्तर अवरोध पुर्‍याउँदै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले भने बैठकमा सहभागी भएको छैन । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका बेदुराम भुषाल र राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायत सहभागी छन् । बैठकमा राप्रपा पनि अनुपस्थित छ ।

नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् । सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी सहभागी हुने भन्दै एमालेले सहभागी नहुने जनाएको छ ।

संसद्‌को गतिरोध खुलाउनकै लागि सभामुख अग्निप्रसाद सापकोटाले पनि २८ भदौमा सर्वदलीय बैठक बोलाएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १४, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?