चरित्रहत्या हुने भिडियो प्रसारण गरेको आरोपमा ४ युट्युबर पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चरित्रहत्या हुने भिडियो प्रसारण गरेको आरोपमा ४ युट्युबर पक्राउ

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ४ युट्यबुरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका-१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवकोटको सुर्यगढी गाउँपालिका-२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी-९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका-४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।

चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतनको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।


प्रकाशित : आश्विन १३, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

माओवादीको स्थायी कमिटीमा संगठन व्यवस्थित गर्ने योजना पेस 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को संगठन विभागले पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितका सुझाव स्थायी कमिटी बैठकमा पेस गरेको छ । संगठन विभाग प्रमुख जनार्दन शर्माले योजना पेस गरेका हुन् । 

बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि नेता देवप्रसाद गुरुङले संगठन विभागबाट सुझाव आएको बताए । 'संगठनलाई अझ व्यवस्थित पार्नका लागि संगठन विभागबाट सुझाव आएको छ । कसरी संगठन व्यवस्थित पार्ने र विस्तार गर्ने भन्नेबारे योजना पनि पेस भएका छन्,' उनले भने । ती प्रस्ताव स्थायी कमिटीले स्वीकार गरेको पनि गुरुङले जानकारी दिए ।

त्यस्तै, वर्षमान पुन नेतृत्वको समितिले माओवादीमा समाहित भएका विभिन्न पार्टी र व्यक्तिहरूलाई संगठनमा जिम्मेवारी दिनेबारेको प्रस्ताव पनि स्थायी कमिटीलाई बुझाएको छ । समितिको सुझावअनुसार पार्टीमा आएका ६ हजारभन्दा बढी कार्यकर्तालाई जिम्मेवारी दिने योजना रहेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

माओवादीले पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि संख्याबारे पनि छलफल भएको बताइएको छ । नेता शाहका अनुसार करिब १२ सय प्रतिनिधिले राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनेछन् ।

प्रकाशित : आश्विन १३, २०७८ १६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×