१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२४ घण्टामा नेपालमा ८९२ जनामा कोरोना पुष्टि, ११ सय १३ डिस्चार्ज, ८ जनाको मृत्यु

२४ घण्टामा पूर्ण खोप प्राप्त गर्नेको संख्या २ लाख ८६ हजार १४५
कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा बुधबार थप ८९२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९४ हजार १६१ पुगेको छ ।

२४ घण्टामा नेपालमा ८९२ जनामा कोरोना पुष्टि, ११ सय १३ डिस्चार्ज, ८ जनाको मृत्यु

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ८८९ परीक्षणबाट २६५ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ५४१ परीक्षणमा १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

हालसम्म देशभर ४१ लाख ९६ हजार ८२७ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार १९३ छ ।

मन्त्रालयका अनुसार पछिल्लो२४ घण्टामा पूर्ण खोप प्राप्त गर्नेको संख्या २ लाख ८६ हजार १४५ पुगेको छ ।

मन्त्रालयको तथ्यांक


प्रकाशित : आश्विन १३, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?