२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपालमा थप ९०४ मा कोरोना पुष्टि, १ हजार ३१८ संक्रमणमुक्त, १२ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७२ पीसीआर परीक्षणमा मंगलबार थप ९०४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

नेपालमा थप ९०४ मा कोरोना पुष्टि, १ हजार ३१८ संक्रमणमुक्त, १२ जनाको मृत्यु

यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ३३१ परीक्षणबाट २५४ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ३ परीक्षणमा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६३ हजार ७३४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

हालसम्म देशभर ४१ लाख ८६ हजार १७५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३२८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार ४२२ छ ।


प्रकाशित : आश्विन १२, २०७८ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?