कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

निजामती कर्मचारी संगठनमा प्रशासनले गरेको तालाबन्दी खोल्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल निजामती कर्मचारी संगठनले सरकारी पक्षबाट संगठनको केन्द्रीय कार्यालयमा भएको ताला खोली कामकाज गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ ।

निजामती कर्मचारी संगठनमा प्रशासनले गरेको तालाबन्दी खोल्न माग

संगठनका ७७ वटै जिल्ला संगठनले प्रमुख जिल्ला अधिकारी र विभागीय कार्यसमितिले सम्बन्धित मन्त्रालयको सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभागीय कार्यसमितिले मुख्यसचिवमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै असोज ४ गतेदेखि संगठनको केन्द्रीय कार्यालयमा भएको तालाबन्दी खोली दिन माग गरेका हुन् ।

‘कुण्ठा र पूर्वाग्रहले संगठन विरोधी क्रियाकलाप गर्न उद्दत रहेका अराजक झुण्डले २०७८ असोज ४ गते दिनको पौने ५ बजे नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालय, बबरमहलमा आई उच्छृंखल नाराबाजी गर्ने, संगठनको ब्यानर र झण्डा च्यात्ने, ढुंगामुढा गर्ने जस्ता अपराधिक कार्य गर्नेलाई कानूनी कारवाही गर्नुको सट्टा उल्टै संगठनका आधिकारिक पदाधिकारी सदस्यलाई कार्यालयभित्रैबाट पक्राउ गरी प्रहरी प्रशासनले कत्रिम विवादको बहाना बनाई कार्यालयमा तालाबन्दी गरेकोप्रति संगठन घोर निन्दा, आपत्ति र भत्र्सना गर्दछ,’ सगठनले ज्ञापनपत्रमार्फत भनेको छ ।

संगठनले विज्ञप्तिमा केन्द्रीय कार्यालयमा सरकारी पक्षबाट लगाइएको ताला तत्काल खोली संगठनको दशौं राष्ट्रिय अधिवेशन आगामी मंसिर २७ देखि २९ बाँकेबाट विधान सम्मत निर्वाचित पदाधिकारी तथा सदस्यलाई कामकाज गर्ने सहज बातावरण बनाई दिन पनि आग्रह गरेको छ ।



प्रकाशित : आश्विन १०, २०७८ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?