३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कांग्रेस अधिवेशन : तेह्रथुमका सबै पालिकामा सर्वसम्मत नेतृत्व

कान्तिपुर संवाददाता

काठमाडौँ — तेह्रथुमका सबै स्थानीय तहमा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको तरुण दलका जिल्ला अध्यक्ष विपिन निङ्लेकुले जानकारी दिए ।

कांग्रेस अधिवेशन : तेह्रथुमका सबै पालिकामा सर्वसम्मत नेतृत्व

उनका अनुसार म्याङलुङ नगरपालिका सभापतिमा इन्द्रराज लिम्बू र लालीगुराँस नगरपालिकाको सभापतिमा अम्बरबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै, आठराई गाउँपालिकामा दिलकुमार पाहिम, फेदाप गाउँपालिकामा महेन्द्र फोम्बो, मेन्छ्यायेम गाउँपालिकामा तारकबहादुर सम्बाहाम्फे र छथर गाउँपालिकामा रामचन्द्र भट्टराई सभापति निर्वाचित भएका छन् । यसअघि जिल्लाका ४३ वटै वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो ।




प्रकाशित : आश्विन १०, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?