एमाले बैठकमा एमसीसी सम्झौताबारे पार्टीको धारणा स्पष्ट पार्न माग

काठमाडौँ — एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बारेमा पार्टीले लिने धारणा स्पष्ट पार्न माग गरेका छन् । दोस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै उनीहरुले एमसीसीको विषयमा धेरै विवाद भएको भन्दै त्यस विषयमा पार्टीले स्पष्ट धारणा लिएर अघि बढ्नु पर्ने बताएका हुन् । 

एमाले बैठकमा एमसीसी सम्झौताबारे पार्टीको धारणा स्पष्ट पार्न माग

बैठकमा कर्णाली प्रदेशको टोली नेता यमलाल कँडेलले समूहमा छलफल हुँदा एमसीसीको विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए । 'एमसीसीको धेरै विवादित बन्यो । यो विषयमा पार्टीको धारणा के हो औपचारिक रुपमा आउनु पर्छ' कँडेलले बैठकमा भनेका थिए ।

अध्यक्ष ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा एमसीसीको विषयमा मौन रहेको छ । 'विभिन्न समूहगत छलफलमा एमसीसीको विषयलाई प्रस्ट पार्नुपर्ने विषय उठेको थियो', केन्द्रीय सदस्य निरज आचार्यले भने, 'विभिन्न समूहमा रहेका नेताहरुले नेपालको विदेशनीति असंलग्नतामा आधारित रहेकाले त्यसैअनुसार अघि बढ्नुपर्नेमा सुझावहरु आएको छ ।'

आगामी साता हुने विधान अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधानमाथि छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन मस्यौदा प्रस्तुत गरेका थिए । दस वटै समूहले प्रमुखहरुले आ-आफ्नो धारणा राखेको बैठकमा समूहगत रुपमा आएको सुझावहरुको निष्कर्ष तयार पार्नका लागि आइतबार पनि केन्द्रीय कमिटीको बैठक बस्ने भएका छन् ।

प्रकाशित : आश्विन ९, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?