फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ — नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छन् । 

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ

शनिबार भएको ११ औं साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, सचिवमा अमूल थापा र कोषाध्यक्षमा द्वारिकाप्रसाद काफ्ले निर्विरोध भएका छन् । विकास द्धारेले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

यस्तै सदस्यहरुमा अंगद ढकाल, निशा भण्डारी, बर्षा शाह, स्कन्द गौतम, दिपेन श्रेष्ठ र लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई शनिबार नै एक समारोहका बीच निर्वाचन समिति संयोजक एवं अधिवक्ता निरन्जन राजवंशी, फोटो पत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, पूर्वकार्यवहाक अध्यक्ष केशवराज थोकरले प्रमाणपत्र प्रदान गरे ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लबका पूर्वअध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की र पूर्वअध्यक्ष प्रकाश माथेमाको उपस्थिति थियो ।

क्लबले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारहरुको हकहितका लागि अझै सक्रिय भूमिका निभाउँदै पत्रकार महासंघको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै पैरवी गर्ने निर्णय साधरणसभाले गरेको छ । यस्तै फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न कार्य गर्ने निर्णय भएको क्लबले विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ कार्यसमितिको बैठकले निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई संस्थालाई पुर्‍याएको योगदानका लागि विशेष धन्यवाद ज्ञापन गरेको प्रवक्ता विकास द्धारेले जनाए ।

प्रकाशित : आश्विन ९, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?