२४ घण्टामा नेपालमा ७९० कोरोना संक्रमित थपिए, १ हजार ३७१ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ७९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा शनिबार देशभर थप ७९० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९० हजार ६६२ पुगेको छ ।

२४ घण्टामा नेपालमा ७९० कोरोना संक्रमित थपिए, १ हजार ३७१ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ५२९ परीक्षणबाट १६३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ५७९ परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ५९ हजार ८७५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

हालसम्म देशभर ४१ लाख ५३ हजार ८३३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १९ हजार ७०० रहेको छ ।

प्रकाशित : आश्विन ९, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?