स्थानीय तहमा जनताको मन जित्ने नेतृत्व चयन गर्न देउवाको आह्वान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा जनताको मन जित्ने नेतृत्व चयन गर्न देउवाको आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरेका छन् । शनिबारदेखि कांग्रेसका स्थानीय तहस्तरको अधिवेशन सुरु भएको सन्दर्भमा देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनसमेत आग्रह गरेका छन् ।

‘तपाईंहरुको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार वडा तहको अधिवेशन भइसकेका जिल्लामा गाउँ तथा नगरपालिकाको अधिवेशन हुँदैछ । कांग्रेसले १३ जिल्लामा भने क्रियाशील सदस्यताकै टुंगो लगाउन सकेको छैन ।

प्रकाशित : आश्विन ९, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छानौँ : गगन थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — गगन थापाले कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित अधिवेशन सफलताको कामना गरेका छन् । कांग्रेसले शनिबार स्थानीय तहको अधिवेशन गर्दैछ ।

सांसद गगनकुमार थापा । फाइल तस्बिर ।

नेता थापाले ट्वीट गर्दै संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणका लागि काबिल नेतृत्व छनौट हुने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसको स्थानीय तहका लागि नेतृत्व छनोट गर्न गाउँ/नगरपालिकाको आधिवेशन आजबाट प्रारम्भ हुदैछ । संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट हुनेछ भन्ने विश्वाससहित अधिवेशनको सफलताको कामना गर्दछु,’ थापाले भनेका छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×