कांग्रेस स्थानीय तहको अधिवेशन : काठमाडौंमा १६ गते, सिन्धुपाल्चोकमा स्थगित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस स्थानीय तहको अधिवेशन : काठमाडौंमा १६ गते, सिन्धुपाल्चोकमा स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन गर्ने कार्यक्रम छ । तर, काठमाडौं र सिन्धुपाल्चोकमा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको छ ।

जिल्ला निर्वाचन समितिले काठमाडौंमा तयारी नपुगेका कारण शनिबारका लागि तोकिएको अधिवेशन १६ असोजमा गर्ने मिति तोकेको छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा भने अधिवेशन कहिले हुने भन्ने निश्चित छैन । निर्वाचन अधिकृत छविरमण निरौलाले शनिबारका लागि तोकिएको अधिवेशन प्राविधिक कारणले भन्दै अर्को मिति नतोकिएसम्मका लागि स्थगित भएको बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

इन्द्रजात्रा : महिलाले ताने रथ [तस्बिरहरू]

तस्बिर : इलिट जोशी, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — हनुमान ढोका दरबार क्षेत्र कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा शुक्रबार नानीचा: या: (महिलाहरुले रथ ताने) सँगै सम्पन्न भएको छ । अन्तिम दिन वसन्तपुरदेखि विभिन्न भागमा रथ पुर्‍याई पुन: वसन्तपुर ल्याइएको थियो । राति इन्द्रध्वजा फहराइएको लिंगो ढालेर वाग्मतीमा सेलाएपछि सप्ताहव्यापी इन्द्रोत्सव समाप्त हुन्छ ।

जात्राको अवसरमा हनुमान ढोका दरबारमा रहेको सुनको मोलम्मा लगाइएको विशाल श्वेत भैरवको प्रतिमापनि सर्वसाधारणलाई दर्शनका लागि टीका झ्या: (एक प्रकारको नेवारी झ्याल) खुला गरिएको थियो । इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई प्रदर्शनीमा राखिएको थियो । इन्द्रचोकस्थित आकाश भैरवको मूर्तिलाई मन्दिर बाहिर खटमा राखेर विभिन्न प्रकारका फूलले सिंगारिएको थियो ।


प्रकाशित : आश्विन ८, २०७८ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×