कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री गरेको पाइए कारबाही : गृहमन्त्री

काठमाडौँ — उपभोक्ताहरुको हितलाई मध्यनजर गरेर दैनिक उपभोग्य बस्तु विक्री गर्न सरकारले व्यापारीसँग आग्रह गरेको छ । दसैं/तिहारलगायत चाडपर्व लक्षित बजार अनुमगन तथा सुरक्षा व्यवस्थापनलगायतसँग केन्द्रीत बैठकमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले म्याद गुज्रेका बस्तु बजारमा पठाएको पाइए व्यापारीमाथि कानुनी कारबाही गर्न कुनै कसरत बाँकी नराख्ने पनि चेतावनी दिएका छन् ।

म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री गरेको पाइए कारबाही : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री गरेको पाइए कानुन अनुरुप अघि बढ्न सरकर बाध्य हुने बताए ।

उनले उपभोक्ताको हितलाई मध्यनजर गरेर कम नाफा लिएर बस्तु बिक्री गर्न पनि आग्रह गरे । ‘नागरिकको जीवनरक्षा र हितका लागि काम गर्नु सरकारको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न प्रतिबद्ध छौं,’ खाँणले भने, ‘म्याद गुज्रेका औषधि र खाद्य सामाग्री बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्नुपर्छ, त्यस विषयमा यहाँहरू (व्यवसायी)ले ध्यान दिनुहोला ।’

चाडपर्व लक्षित आपूर्ति, बजार अनुगमन, यातायात व्यवस्थापनलगायतका एजेण्डा राखेर सरकारी र निजी क्षेत्रका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको थियो । बैठकमा उद्योग, वाणिज्य तथा गृह मन्त्रालय, सुरक्षा निकायका अधिकारीसहित उपभोक्ता अधिकारकर्मीसहित यातायात व्यवसायी, उद्योगीलगायतको उपस्थिति थियो । त्यस क्रममा मन्त्री खाँणले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न व्यवसायीहरूसँग आग्रह गरे ।

छलफलमा गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा सरकार, व्यवसायी र उपभोक्ताबीच त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताए ।

त्यस क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद गुज्रिएका खाद्य सामाग्री बिक्री वितरण गरेको पाइएमा निर्मम रुपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिइएको बताए ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विषेश सुरक्षा योजना लागू गरेको बताए ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैंमा सार्वजनिक सवारी व्यवस्थित र भाडामा हुनसक्ने ठगीलाई लिएर अनुगमनको काम अघि बढाइएको बताएका थिए ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार असोज ११ गतेबाट दसैं केन्द्रीत सार्वजनिक यातायातका टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भइसकेको छ । बसको टिकट अनलाइनमा पनि किन्न सकिने व्यवस्था गर्न लागिएको उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?