३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन् । यो सँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति भण्डारीले बिहीबार विनियोजन विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेको दुवै सदनमा अवरोधबीच विनियोजन विधेयक पारित भएको थियो । विधेयक पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर बिहीबार राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए ।

विनियोजन अध्यादेश ६० दिनभित्र संसद्‌बाट पारित हुन नसक्दा सरकार भदौ ३१ गतेदेखि खर्च रोकिएको थियो ।



प्रकाशित : आश्विन ७, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?