कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओलीको चुनौती - मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले एमालेसँग लड्ने धाक लाउने ?

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले आगामी चुनावमा एमालेसँग लड्नका लागि एकजुट भएर आउन चुनौती दिएका छन् ।

ओलीको चुनौती - मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले एमालेसँग लड्ने धाक लाउने ?

काठमाडौंमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा ओलीले पार्टीलाई एकजुट बनाएर जान कार्यकर्ताहरूलाई निर्देशन दिए भने सत्तारुढ गठबन्धनलाई एकजुट भएर आउन चुनौती दिए ।

'एमालेसँग लड्नेहरूले कमसेकम आफू त एकताबद्ध भएर आउ न । यो पाँचवटाको पञ्चे गुट छ नि ! मजबुद एमालेसँग लड्न यत्तिकै लिरिखिरी पाराले मन्त्रीमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने गफ दिने,' ओलीले थपे, 'मन्त्रिपरिषद्को विस्तार गर्न नसक्ने एमालेसँग लड्ने धाक लाउने ? एकता देखियो त्यहाँ एकता ।'

भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने ओलीले सुनाए । उनले प्रधानमन्त्रीले शपथ लिएकै दिन पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए ।

प्रधानमन्त्रीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको ओलीको भनाइ थियो । उनले १४ महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाए धन्यवाद दिनुपर्ने भन्दै व्यंग्य गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ गते शपथ लिएका थिए । सोही दिन चार जना मन्त्रीले पनि शपथ लिएका थिए । त्यसपछि एक मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । सत्तारुढ गठबन्धनभित्र सहमति हुन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

एमाले पार्टीमा विभाजन ल्याउन फेरि पनि प्रयास नहोलान् भन्न नसकिने ओलीले बताए । त्यसका लागि कार्यकर्ताहरू गतिशील हुनुपर्ने र पार्टी नीति तथा निर्णयमा अगाडि बढ्नुपर्ने बताए ।

पार्टी सिध्याउन खोजेको तर एमाले एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन ७, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?