डडेलधुरामा पुनः वडा अधिवेशन माग्दै रिले अनशन

काठमाडौँ — डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले रिले अनशन थालेको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यता विवाद नै समाधान नगरी जबरजस्ती वडा अधिवेशन गराएको भन्दै ती समस्या समाधान गरी पुनः अधिवेशनको मागसहित नेता कार्यकर्ताले अनशन थालेका हुन् । 

डडेलधुरामा पुनः वडा अधिवेशन माग्दै रिले अनशन

कार्यबाहक सभापति करुणाकर भट्ट, महाधिवेशन प्रतिनिधि कर्ण मल्ल समूहका सभापतिका उम्मेद्‍वार हरि भट्ट, दलित संघ केन्द्रीय सदस्य भरत नेपाली, महिला संघ अध्यक्ष कमला बिष्ट,गोकुल शाही, पदमा गुरुङ,नगरसभापति दान पाल लगायत अनशनमा बसेका हुन् । उनीहरुको मागमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समर्थन गर्दै आएको छ ।

जिल्लाबाट निर्णय गरी सिफारिस गरेर पठाएका ४६० जना क्रियाशील सदस्यको नाम कटाएर अरु सदस्य थप गरेको जिल्ला सभापति मल्लको आरोप छ । जिल्ला कार्यसमितिको सहमतिबिना अधिवेशन हुन नसक्ने भन्दै मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएका छन् । देउवा पक्षको दबाबमा निर्वाचन समितिले डडेलधुरामा २५ भदौमा जिल्ला सभापतिसहित बहुमत सदस्यको सहभागिताबिनै वडा अधिवेशन गराएको थियो ।

प्रकाशित : आश्विन ७, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?