प्रधानमन्त्री देउवा हामीले बनाएको घरमा सर्दै हुनुहुन्छ: ओली 

काठमाडौँ — प्रमुख प्रतिपक्ष ‌एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएका कामको उद्घाटन गर्न लागेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ओलीले आफ्नो कार्यकालमा बनेको प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेको बताए ।  

प्रधानमन्त्री देउवा हामीले बनाएको घरमा सर्दै हुनुहुन्छ: ओली 

'प्रधानमन्त्री देउवा हामीले बनाएको घरमा सर्दै हुनुहुन्छ । मलाई खुसी लाग्छ उहाँले रिबन काट्नुहुनेछ, बत्ती बाल्नुहुनेछ । घर हामीले बनायौं उहाँले बत्ती बाल्ने र रिबन काट्नुहुनेछ,' ओलीले भने, 'प्लग हामीले बनायौं स्वीच उहाँले थिच्नुहुनेछ ।'

बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास बनिरहेको छ । प्रधानमन्त्री निवास निर्माण अन्तिम चरणमा पुगेको छ । सोही विषयलाई लिएर ओलीले अभिव्यक्ति दिएका हुन् ।

आफू नेतृत्वको सरकारले व्यापक काम गरेको देखि नसकेर हटाएको ओलीको भनाइ थियो । 'सही नसक्नुभएको यहीँ हो, एमाले दुई वर्ष सरकारमा रहेको भए उहाँहरूको राजनीतिक सटर बन्द हुन्थ्यो । त्यसै कारण हटाउनुपर्‍यो ।'

ओलीले राम्रा काम गरिरहेका राजदूत फिर्ता गरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले ११ राजदूत पहिल्यै नियुक्त हुन नदिएको र बाँकी राम्रो काम गरिरहेका राजदूतलाई पनि फिर्ता बोलाएर सही निर्णय नगरेको भनाइ राखे ।

प्रकाशित : आश्विन ७, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?