विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको सन्देश प्रतिनिधिसभामा बिहीबार सुनाउँदै सभामुखले प्रमाणीकरणका लागि पठाएका हुन् । 

विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

'संघीय संसद्, प्रतिनिधिसभाको २०७८ असोज ४ गतेको बैठकबाट पारित भई सोही दिन राष्ट्रिय सभामा पठाइएको 'विनियोजन विधेयक, २०७८' आज बसेको राष्ट्रिय सभाको बैठकबाट पारित भयो,' सभामुखको सचिवालयले भनेको छ, 'राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीत गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ ।'

राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

विनियोजन विधेयक पारित नहुँदा सरकारको खर्च रोकिएको थियो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।

प्रकाशित : आश्विन ७, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?