२४ घण्टामा नेपालमा ९ सय ४१ मा कोरोना पुष्टि, १ हजार ३२४ संक्रमणमुक्त, १३ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा बिहीबार थप ९ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८८ हजार ७६९ पुगेको छ ।

२४ घण्टामा नेपालमा ९ सय ४१ मा कोरोना पुष्टि, १ हजार ३२४ संक्रमणमुक्त, १३ जनाको मृत्यु

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ६२४ परीक्षणबाट २९८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार २४३ परीक्षणमा १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ५६ हजार ९५४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

हालसम्म देशभर ४१ लाख ३६ हजार २०८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २० हजार ७४३ रहेको छ ।



प्रकाशित : आश्विन ७, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?