अमेरिकी उप–विदेशमन्त्री शेरमनले गरिन् नेपालसहित ५ देशका प्रतिनिधिसँग संयुक्त भेटवार्ता  

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी उप–विदेशमन्त्री विन्डी आर शेरमनले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभा अन्तर्गत बिहीबार दक्षिण एसियाका नेपालसहित पाँच देशका प्रतिनिधिहरुसँग संयुक्त रुपमा साइडलाइन भेटवार्ता गरेकी छन् ।

अमेरिकी उप–विदेशमन्त्री शेरमनले गरिन् नेपालसहित ५ देशका प्रतिनिधिसँग संयुक्त भेटवार्ता  

भेटवार्तामा नेपालको तर्फबाट न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख अमृतकुमार राई उपस्थित थिए ।

भेटवार्तापछि ट्वीट गर्दै उप–विदेशमन्त्री शेरमनले बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकासँग परामर्श गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् । उनले अमेरिकाको दक्षिण एसियासँगको साझेदारी आफ्नो र हिन्द प्रशान्त क्षेत्रका जनताहरुको सुरक्षा र समृद्धिको लागि अत्यन्तै संवेदनशील रहेको उल्लेख गरेकी छन् । दक्षिण एसियाका तीन मुलुक भारत, पाकिस्तान र अफगानिस्तानका प्रतिनिधि बाहेक उक्त बैठक भएको थियो ।

शेरमनले अनौपचारिक बैठकमा लोकतान्त्रिक सिद्धान्तहरुलाई अघि बढाउने तथा कोभिड–१९, आर्थिक सुधार र जलवायु परिवर्तनलगायतका विश्वव्यापी चुनौतीहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल गरेको उल्लेख गरेकी छन् । उनले ट्वीटमा भनेकी छन्, ‘म भविष्यमा परामर्श र साझेदारीको गर्न चाहन्छु ।’

प्रकाशित : आश्विन ७, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?