कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खाद्यको सुर्खेतस्थित गोदाममा २ हजार क्विन्टल चामल गुणस्तरहीन

सुर्खेत — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेत कार्यालयमा झन्डै २ हजार क्विन्टल चामल गुणस्तरहीन रहेको भेटिएको छ ।

खाद्यको सुर्खेतस्थित गोदाममा २ हजार क्विन्टल चामल गुणस्तरहीन

जिल्ला प्रशासन कार्यालय र खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयको संयुक्त टोलीले कम्पनीको प्रादेशिक गोदाममा अनुगमन गरी बिक्रीका लागि राखिएको १ हजार ९ सय ७५ क्विन्टल बासमती चामल बेच्न रोक लगाएको छ ।

उजुरीका आधारमा २०७६ मै केन्द्रीय गोदाममा छापा मारेर बेचबिखनमा रोक लगाई नष्ट गर्न सुझाव दिइएको करिब ५८ सय मेट्रिक टन चामल विकट जिल्लाका बासिन्दालाई खुवाउन कर्णाली प्रदेशमा पठाइएको खबर बुधबार सार्वजनिक भएको थियो ।

‘त्यति परिमाणमा चामल आएको छैन, करिब २ हजार क्विन्टल मात्रै आएको हो,’ कम्पनीका लेखा सहायक विनोद पौडेलले भने, ‘हामी पनि यही चामल नियमित खान्छौं ।’ उनका अनुसार कौशल एग्रो राइस मिल, लहानले २०७७ कात्तिक १६ मा उक्त चामल प्याकेजिङ गरेको हो ।


प्रकाशित : आश्विन ७, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?