३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बारको १५औँ सम्मेलन पोखरामा हुने

रासस

काठमाडौँ — नेपाल बार एसोसिएनको १५औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । कानुन व्यवसायीको सम्मेलन आगामी मंसिर २४, २५ र २६ गते पोखरामा १५औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए ।

बारको १५औँ सम्मेलन पोखरामा हुने

‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ । बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ ।

बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो ।

प्रकाशित : आश्विन ६, २०७८ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?