भारतका विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई - समाचार - कान्तिपुर समाचार

भारतका विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई दिएका छन् । 

बुधबार मन्त्री नियुक्त भएका खड्कालाई जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन् । जयशंकरले ट्वीटमा खड्कासँग काम गर्नको लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

यो पनि

प्रकाशित : आश्विन ६, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताए । ‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई स्मुथ्ली अघि बढाउन सकिन्छ भन्नेमै केन्द्रित भयो,’ उनले भने, ‘तर ठोस सहमति केही पनि भएन ।’

महामन्त्री खड्काका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको छ । मन्त्रिपरिषद् विस्तारमा गठबन्धन सम्बद्ध दलहरुका बीचमा शक्ति बाँडफाँड गर्ने र छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सन्दर्भमा समेत छलफल सकारात्मक रुपमा अघि बढेको उनले बताए । ‘म टाइम फ्रेमचाहिँ भन्न सक्दिनँ । तर, छलफल भएको छ । हुँदैछ,’ खड्काले भने ।


प्रकाशित : आश्विन ६, २०७८ २०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×