सुनारको मुद्दामा थुनछेक बहस : अदालतले घरबेटीसँग माग्यो एक लाख १५ हजार धरौटी 

काठमाडौँ — काठमाडौंकी घरबेटी सरस्वती प्रधानलाई काठमाडौं जिल्ला अदालतले धरौटी मागेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटी प्रधानलाई अदालतले एक लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

सुनारको मुद्दामा थुनछेक बहस : अदालतले घरबेटीसँग माग्यो एक लाख १५ हजार धरौटी 

बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको अधिवक्ता माेहन शाशंकरले जानकारी दिए ।उनकाअनुसार यो धरौटी रकम छुवाछूत मुद्दामा अहिलेसम्मकै धेरै हो ।

तनहुँकी रुपा काठमाडौंको बबरमहलकी प्रधानको घरमा १ असारमा कोठा खोज्न गएकी थिइन् । त्यसक्रममा आफू कामीको छोरी भएको थाह पाएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिइन् । रुपाको जाहेरीमा काठमाडौं सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

३ असारमा रुपाले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । ६ असारमा पक्राउ परेकी घरबेटीलाई ९ असारमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी कार्यालयमै पुगेर घरबेटी प्रधानलाई रिहा गराएका थिए ।

यो पनि


प्रकाशित : आश्विन ६, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?